नेपाल-भारत सिमाना बर्दियामा गोली चल्दा एक जना घाइते

  • २०८१ आश्विन २८, सोमबार (४ दिन अघि)
  • ६६ पटक पढिएको
नेपाल-भारत सिमाना बर्दियामा गोली चल्दा एक जना घाइते

काठमाडौं- बर्दियाको सदरमुकाम गुलरिया-८ स्थित नेपाल भारत सिमानामा गोली प्रहार हुँदा एकजना घाइते भएका छन् ।

Advertisement

गुलरिया–८ का ४०वर्षीय बलराम लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । लोधको ढाडमा गोलीको छर्रा लागेको छ। छर्रा लागेर घाइते भएका लोधको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीले भारतीय वनकर्मीले चलाएको अनुमान गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट