मुस्ताङमा कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

  • २०८१ आश्विन २९, मंगलबार (२ दिन अघि)
  • ७८ पटक पढिएको
मुस्ताङमा कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

काठमाडौं– मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गएको छ ।

Advertisement

जोमसोमबाट लेतेतर्फ जादै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ जादै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिकै ठोक्किदा आरु चनौटे-९ गोरखाका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीका अनुसार काठमाडौंबाट अप्पर मुस्ताङको भ्रमणका लागि जाँदै गरेको मोटरसाइकल चालक खड्काको कारसँग ठोकिएर मृत्यु भएको हो। दुर्घटनाबाट घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि प्रहरीले कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट