धादिङमा मनाइयो ६९औं प्रहरी दिवस, पत्रकार अर्जुन श्रेष्ठ सम्मानित

  • २०८१ आश्विन ३०, बुधबार (१ महिना अघि)
  • ३५१ पटक पढिएको
धादिङमा मनाइयो ६९औं प्रहरी दिवस, पत्रकार अर्जुन श्रेष्ठ सम्मानित

काठमाडौं– नेपाल प्रहरीले ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा विशेष समारोहको आयोजना गरि दिवस मनाएको हो ।

Advertisement

दिवसकै अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान उत्सर्ग गरेका सम्पूर्ण अमर प्रहरी परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । विभिन्न खेलकुदमा प्रथम र द्धितिय स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान–पत्र तथा पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले शान्ति सुरक्षा, सुव्यवस्था तथा अमन चयनको क्षेत्रका खेलेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् ।

नागरिकले खोजेको समयमा मुस्कानसहितको सेवा पाएको उनले बताए । ‘सेवाको गुणस्तर र थप प्रभावकारी बनाउन प्रहरीले खेलिरहेको भूमिका सराहनिय छ । नागरिकले न्यायको महसुस गर्न पाएका छन् । अझै राम्रो गर्न सकोस् । वर्दी लगाएका प्रहरीले बर्दी विनाको प्रहरीलाई दिने सेवा साच्चै प्रभावकारी बनाउन सकोस्, शुभकामना’ उनले भने ।

पत्रकार श्रेष्ठ सम्मानित

६९औं प्रहरी दिवसको अवसरमा नेपालपथकर्मी अर्जुन श्रेष्ठ सम्मानित भएका छन् । नागरिकलाई सुसुचित गर्ने र समाजमा भएका सामाजिक अपराधहरु न्यूनिकरण गर्न तथा सडक सुरक्षाको सवालमा गहन भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङले ६९औं प्रहरी दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरेको हो ।

श्रेष्ठ विगत १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी नेपालपथ डटकमका सम्पादक तथा रेडियो धादिङका कार्यक्रम संयोजक हुन् । त्यस्तै, नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला सम्वाददाता हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट