धौलागिरिमा ज्यान गुमाएका ५ जना रुसी पर्वतारोहीको शव काठमाडौं ल्याइयो

  • २०८१ आश्विन ३०, बुधबार (१ दिन अघि)
  • ६३ पटक पढिएको
धौलागिरिमा ज्यान गुमाएका ५ जना रुसी पर्वतारोहीको शव काठमाडौं ल्याइयो

काठमाडौं– धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका उनीहरूको शव आज सङ्कलन गरी हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

Advertisement

एअर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको पाँज जना शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । काठमाडौं ल्याइएका शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव गएको २३ गते दिउँसो भेटिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट