वर्तमान सरकार खरानीको डल्लो होइनः प्रधानमन्त्री ओली

  • २०८१ आश्विन ३०, बुधबार (१ दिन अघि)
  • ८६ पटक पढिएको
वर्तमान सरकार खरानीको डल्लो होइनः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार खरानीको डल्लो नभएको बताएका छन् । सरकार परिर्वतन नहुने भन्दै सरकार परिवर्तनको हल्लाको पछाडी नलाग्न सबैमा आग्रह गरेका हुन् ।

Advertisement

६९औँ प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा ठूलो योगदान पुर्याएका र इतिहास बोकेका दुई ठूला दल मिलेर बनेको सरकार तत्काल परिवर्तन नहुने बताएका हुन् ।

एक वर्ष नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने उनले बताए । ‘अहिले दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको छ । ०८४ सालको चुनावसम्म यो सरकार टिक्छ’ उनले भने ।

उनले कांग्रेस र एमालेको इतिहास देशको विकास र परिवर्तनको पक्षमा रहेको चर्चा गर्दै उनले त्यस्ता पार्टी मिलेर बनेको सरकार खरानीको डल्लो नभएको जिकिर गरे । उनले देउवा नेतृत्वमा ०८४ मा चुनाव हुने र त्यसपछि जुन दलले बहुमत ल्याउँछ त्यसले सरकार बनाउने बताए ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमार्फत निर्माण गरिएको वर्तमान संविधान र जनताको संघर्षको बलमा स्थापित लोकतान्त्रिक प्रणालीमा कुनै ‘कम्प्रोमाइज’ नहुने जिकिर गरे । ‘पूर्वज र अग्रजले यो देशको निर्माण र समृद्ध बनाउने सन्दर्भमा धेरै बलिदान र कष्ट व्यहोर्नुभएको छ । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने चुनावका माध्यमबाट अर्को सरकार गठन गर्न सकिन्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले संघीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने बताए । प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसद्बाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट