सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

  • २०८१ कार्तिक १, बिहिबार (१ दिन अघि)
  • ४४ पटक पढिएको
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं- सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा छ सयले वृद्धि भएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएको थियो । आज रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट