सेयर बजार सामान्य अंकले बढ्यो

  • २०८१ कार्तिक १, बिहिबार (२२ घण्टा अघि)
  • ६१ पटक पढिएको
सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौँ —साताको अन्तिम कारोबार दिन पनि सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा बन्द भएको हो ।

Advertisement

दसैं बिदापछि गत मंगलबारदेखि खुलेकाे सेयर बजार लगातार बढिरहेको छ । आज ८९ कम्पनीको सेयर मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घट्यो । कुल १३ कम्पनीको मूल्य स्थिर रहेका छन् ।

कुल १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच भए । आज ८० हजार ५ सय ९५ पटकको सेयर किनबेचबाट ७ अर्ब १९ करोड २७ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ७ उपसमुह बढे भने अन्य उपसमूहहरु घटे । घट्ने उपसमूहहरुमा होटल तथा पर्यटन, ट्रेडिङ, जिवन बिमा, विकास बैंक रहेका छन् । बढ्ने उपसमूहहरुमा उत्पादन तथा प्रशोधन, फाइनान्स, बैंकिङ रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट