सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन तोलामा २ हजारले बढ्यो

  • २०८१ कार्तिक २, शुक्रबार (४ घण्टा अघि)
  • ६० पटक पढिएको
सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन तोलामा २ हजारले बढ्यो

काठमाडौँ- सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

Advertisement

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो ।

त्यस्तै तयारी गहनाको मूल्य भने कम्तीमा १ लाख ८९ हजार पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ ।

त्यसपछि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । तर उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् ।

त्यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्यमा शुक्रबार ३० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार भने चाँदीको मूल्य १ हजार ९ सय ५० रहेको थियो ।

मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट