रास्वपाका सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

  • नेपाल पथ
  • २०८१ कार्तिक २, शुक्रबार (४ घण्टा अघि)
  • ३५ पटक पढिएको
रास्वपाका सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

Advertisement

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ ।

अदालतको अनुमतिपछि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी कास्की लैजाने तयारी रहेको छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट