भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार

  • २०८१ कार्तिक ३, शनिबार (१ महिना अघि)
  • १२४ पटक पढिएको
भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार

काठमाडौं- भारतका विभिन्न सहरमा पुर्याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन बिताइरहेका बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ ।

Advertisement

भारतमा रहेर नेपाल(भारतमा मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इन्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।

रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाइएको छ । ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरूले सहारा दिने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए ।

उद्धार गरिएका बालबालिकामा उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १÷१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट