नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

  • २०८१ कार्तिक ४, आईतबार (१ महिना अघि)
  • ८८ पटक पढिएको
नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं- दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

Advertisement

कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जाडेको हो ।

अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडका छन् । उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरेका छन् ।

नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोडको छन् । तर ओपनर आसिफ शेख भने एक रनमै आउट हुन पुगे ।

गुल्सन झाले १२ बलमा १९ रन बनाए । कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट हुन पुगे । दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के । करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए ।

सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो । अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट