सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज

  • २०८१ कार्तिक ४, आईतबार (१ महिना अघि)
  • १०८ पटक पढिएको
सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज

काठमाडौं– नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ।

Advertisement

दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले तीन खेलको शृंखला एक खेलअघि नै जित हात पारेको हो। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो। सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए। चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो।

जवाफमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ शेख आएका थिए। उनीहरुले तीन बलमा लक्ष्य पुरा गरेका थिए ।

आज बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो। अब, तेस्रो खेल सोमबार बिहान हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट