काठमाडौं– अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। नेपालले अमेरिकालाई घरेलु मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो ।
सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जित हात पारेको थियो । तेस्रो खेलमा नेपालले ८ विकेटले विजयी बने सङ्गै क्लिन स्विप गरेको हो । आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो।
एकसय ५७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले १६ दशमलव ४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल बन्यो । नेपालका लागि आशिफ शेखले अर्थशतक पुरा गरे। अनिल शाहले १३ रन, कुशल भुर्तेलले ४० रन र कुशल मल्ल ४४ रन जोडे ।
कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग-टू सिरिज खेल्ने तालिका छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप