चाडपर्वको बेला खाने तेलको मूल्य अत्याधिक बढ्यो

  • २०८१ कार्तिक ५, सोमबार (१ महिना अघि)
  • ८२ पटक पढिएको
चाडपर्वको बेला खाने तेलको मूल्य अत्याधिक बढ्यो

काठमाडौं– चाडपर्वको समयमा नेपाली बजारमा खाने तेलको मूल्य आकाशिएको छ। व्यापारीले चाडपर्वको मौका छोपेर खाने तेलको मूल्य बढाएका हुन् ।

Advertisement

अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको र बजारमा तेल माग अत्यधिक बढेको भन्दै उनीहरुले कार्टुनमै ४ देखि ५ सय रुपैयाँसम्म मूल्य बढाएका हुन् ।

सनफ्लावर र भटमासको तेल प्रतिकार्टुन २ हजार २ सय ५० देखि २ हजार ३ सय रुपैयाँसम्म होलसेल मूल्य पुगेको छ। यसअघि सोही तेल प्रतिकार्टुन १ हजार ९०० रुपैयाँसम्म होलसेल मूल्य रहेको थियो ।

यस्तै तोरीको तेलमा प्रतिकार्टुन २ हजार ५ सय ५० देखि २ हजार ६०० रुपैयाँ होलसेल मूल्यमाअहिले ३ हजार रुपैयाँसम्म पुगेको छ। खुद्रा बजारमा यसको मूल्य अझ बढ्नेछ।

सनफ्लावर र भटमासको तेलको होलसेल मूल्य नै प्रतिलिटर २३० रुपैयाँसम्म पुग्छ। खुद्रा मूल्यमा बिक्री गर्दा यसको २६० देखि ७० रुपैयाँसम्म पुगेको छ। तोरीको तेलको मूल्य प्रतिलिटर ३१९ रुपैयाँसम्म पुगेको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट