शेयर बजार झन्डै ५८ अङ्कले घट्यो

  • २०८१ कार्तिक ५, सोमबार (१ महिना अघि)
  • १६४ पटक पढिएको
शेयर बजार झन्डै ५८ अङ्कले घट्यो

काठमाडौं– शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले गिरावट आएको छ । हप्ताको पहिलो कारोवार दिन हिजो ४७ अङ्क भन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा झरेको छ ।

Advertisement

आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे हुँदा फाइनान्स, बैंक, जलविद्युत्, लगानी, जीवनबीमा र अन्य समूहको शेयर मूल्य उच्च अङ्कले घटेका छन् । आज नादी ग्रुप पावरको शेयर आठ प्रतिशतभन्दा धेरै घटेको छ ।

समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो । बजारसँगै आज कारोबार रकम पनि घटेको छ ।

हिजो आठ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै मूल्य बराबरको शेयर कारोबार भएकोमा आज तीन सय १९ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर पाँच अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट