काठमाडौं- धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ छिमेकीको पूजाको लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप