उकालो यात्रामा सेयर बजार

  • नेपाल पथ
  • २०८१ कार्तिक ६, मंगलबार (१ महिना अघि)
  • ८६ पटक पढिएको
उकालो यात्रामा सेयर बजार

काठमाडौं– अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार मंगलबार २५.८८ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६६५ मा कायम भएको छ ।

Advertisement

अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो ।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढेका छन् ।

लगानीकर्ताहरु सेयर बजार तीन हजार दुई सय भन्दा माथि पुग्ने प्रतिक्षामा रहेका छन् । कतिपय लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट