नेपालले आज जापानसँग खेल्ने

  • २०८१ कार्तिक ७, बुधबार (१ महिना अघि)
  • ९४ पटक पढिएको
नेपालले आज जापानसँग खेल्ने

काठमाडौं– एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ । नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानको सामना गर्नेछ ।

Advertisement

साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ । नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ । नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन् ।

जापानले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ । त्यस्तै, कतारले पनि एक पटक प्रतियोगितामा उपाधि चुमेको छ ।

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ । दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

समूह चरणका यी तीन खेलहरू नेपाली टोलीको एएफसी अण्डर सेभेन्टिन एसिया कपमा छनोट हुने सपना पूरा गर्न निर्णायक सावित हुनेछन् । यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन् ।

आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ । अब बाँकी १५ टोली यस छनोट चरणबाट चयन हुनेछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट