रास्वपा सभापति लामिछाने पक्राउ विरोधमा माइतीघरमा पनि प्रदर्शन

  • २०८१ कार्तिक ९, शुक्रबार (४ हप्ता अघि)
  • ९६ पटक पढिएको
रास्वपा सभापति लामिछाने पक्राउ विरोधमा माइतीघरमा पनि प्रदर्शन

 काठमाडौं– पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा पनि प्रदर्शन गरेका छन् ।

Advertisement

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड समेत बोकेर सरकारको विरोध गरेका छन्। ।

लामिछाने २ कात्तिकमा पार्टी कार्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ ।

लामिछाने पक्राउविरुद्ध र सरकारको विरोधमा कार्यकर्ताले विरोध तथा प्रदर्शन गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट