सोमबारबाट केरुङ नाका सञ्चालनमा ल्याउने तयारी

  • २०८१ कार्तिक ११, आईतबार (३ हप्ता अघि)
  • ८१ पटक पढिएको
सोमबारबाट केरुङ नाका सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– अविरल वर्षाका कारण बन्द रहेको रसुवागढी केरुङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा आउने भएको छ । असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

Advertisement

रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरुद्ध बनेको थियो । सडक अवरूद्ध हुँदा चिनियाँ मालसामान ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ ।

लामो समयदेखि रोकिएको रसुवागढी केरुङ अन्तर्राष्ट्रिय राजमार्ग सोमबारबाट खुलेपछि नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्धि हुने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट