रविलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपाको माग

  • २०८१ कार्तिक १२, सोमबार (३ हप्ता अघि)
  • ९५ पटक पढिएको
रविलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

Advertisement

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रास्वपाका सांसद डा. चन्दा कार्कीले रवि लामिछाने भागेर कतै नजाने भएकाले थुनामै राखेर राजनीतिक प्रतिशोध नसाँध्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेकी छन् । लामिछानेले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था रहेको र उनले प्रमाण नष्ट गर्ने सम्भावना पनि नरहेकाले थुनामा राख्न जरुरी नभएको कार्कीको भनाइ छ ।

‘उहाँ (रवि लामिछाने) भागेर जाने व्यक्ति होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ, रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु’, रास्वपाकी सांसद कार्कीले भनिन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट