इतिहास रच्ने दाउमा नेपाल, यस्तो छ नेपाली महिला फुटबलको इतिहास

  • २०८१ कार्तिक १३, मंगलबार (३ हप्ता अघि)
  • १२२ पटक पढिएको
इतिहास रच्ने दाउमा नेपाल, यस्तो छ नेपाली महिला फुटबलको इतिहास

काठमाडौं– सातौँ दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ)मा आइतबार भारतलाई हराउदै नेपालले फाइनलको स्थान पक्का गरेको छ । पाँच पटकको विजेता भारतलाई नेपालले रोमाञ्चक सेमिफाइनलमा टाइब्रेकरमा ४–२ ले हराएको हो ।

Advertisement

नेपाल साविक विजेता बंगलादेशसँग बुधबार फाइनल खेल खेल्दैछ । नेपाल घरेलु मैदानमा बंगलादेशलाई स्तब्ध पार्दै उपाधि चुम्ने दाउमा छ । नेपाल १२औँ पटक खेल्ने तयारीमा छ । फाइनल पुगेको यो दोस्रो पटक हो ।

नेपालले सन् १९८६ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । नेपालले सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलोपटक खेल्यो । भारतविरुद्ध ३–१ को हार व्यहोरेको थियो । महिला टोलीको यो नै पहिलो फाइनल खेल थियो ।

सन् २०१० मै नेपालले साफ महिला च्याम्पियनसिप खेल्यो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल भारतसँगै १–० ले पराजित भयो । त्यस्तै, सन् २०१२ को साफ महिला च्याम्पियनसिपमा पनि उपाधि दाबेदारकै रूपमा रहेको नेपालले भारतसँग ३–१ को हार व्यहोर्याे ।
सन् २०१४ को साफ महिला च्याम्पियनसिप पनि सहजै फाइनल पुगेको नेपालको उपाधि चुम्ने सपना भारत बाधक बन्यो । नेपाल भारतसँग ६–० गोलले पराजित बन्यो ।

सन् २०१६ को दक्षिण एसियाली खेलकुद (साग) पनि नेपालले भारतसँग ४–० को हार व्यहोर्नु पर्याे । त्यस्तै, सन् २०१९ को हिरो महिला कपमा म्यानमारसँग ३–१ ले पराजित बनेको थियो । लगातार पाँचपटक उपाधि भिडन्तमा भारतसँग पराजित भएको नेपाल पहिलोपटक दक्षिण एसिया क्षेत्रबाहिरको राष्ट्रसँग उपाधि भिडन्तमा पराजित भयो ।

सन् २०१९ को साफ महिला च्याम्पियनसिपमा पनि नेपाल भारतसँग ३–१ को हार व्यहोरेको थियो । सन् २०१९ मा नाजेज्दा कपमा उज्वेकिस्तानसँग ३–२ को हार नेपालले व्यहोर्याे । सन् २०१९ मै दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पुनः भारतसँग २–० ले पराजित बन्न पुग्यो ।

सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–१ ले हार व्यहोरेको थियो । त्यस्तै, सन् २०२३ को पश्चिम एसियाली फुटबल महासंघ (वाफ) मा नेपाल जोर्डनसँग पेनाल्टीमा हारेको थियो ।

थुप्रै पटक उपाधि नजिक पुगेर जित निकाल्न नसकेको नेपाल साफ २०२४ मा भने उपाधि चुम्ने दाउमा छ । उपाधिको बाधकको रुपमा रहेको भारतलाई सेमिफाइनलमा सानदार जीत निकाल्दै नेपालले फाइनलको स्थान पक्का गरेको हो । बुधबार दशरथ रंगशालामा हुने बंगलादेशसँगको खेलमा जीत निकाल्दै उपाधि चुम्ने प्रतिक्षामा नेपाल रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट