उपाधि जित्ने लक्ष्यमा नेपाल

  • २०८१ कार्तिक १४, बुधबार (३ हप्ता अघि)
  • १०६ पटक पढिएको
उपाधि जित्ने लक्ष्यमा नेपाल

काठमाडौं– सातौ दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) को उपाधि चुम्ने दाउमा नेपाल रहेको छ । बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिप बन्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदैछन् ।

Advertisement

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालले बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताएका छन् । यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका उनको भनाई छ ।
सन् १९८६ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन । नेपालले सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलोपटक खेल्यो । भारतविरुद्ध ३–१ को हार व्यहोरेको थियो । महिला टोलीको यो नै पहिलो फाइनल खेल थियो ।

सन् २०१० मै नेपालले साफ महिला च्याम्पियनसिप खेल्यो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल भारतसँगै १–० ले पराजित भयो । त्यस्तै, सन् २०१२ को साफ महिला च्याम्पियनसिपमा पनि उपाधि दाबेदारकै रूपमा रहेको नेपालले भारतसँग ३–१ को हार व्यहोर्याे ।

सन् २०१४ को साफ महिला च्याम्पियनसिप पनि सहजै फाइनल पुगेको नेपालको उपाधि चुम्ने सपना भारत बाधक बन्यो । नेपाल भारतसँग ६–० गोलले पराजित बन्यो ।
सन् २०१६ को दक्षिण एसियाली खेलकुद (साग) पनि नेपालले भारतसँग ४–० को हार व्यहोर्नु पर्याे । त्यस्तै, सन् २०१९ को हिरो महिला कपमा म्यानमारसँग ३–१ ले पराजित बनेको थियो । लगातार पाँचपटक उपाधि भिडन्तमा भारतसँग पराजित भएको नेपाल पहिलोपटक दक्षिण एसिया क्षेत्रबाहिरको राष्ट्रसँग उपाधि भिडन्तमा पराजित भयो ।

सन् २०१९ को साफ महिला च्याम्पियनसिपमा पनि नेपाल भारतसँग ३–१ को हार व्यहोरेको थियो । सन् २०१९ मा नाजेज्दा कपमा उज्वेकिस्तानसँग ३–२ को हार नेपालले व्यहोर्याे । सन् २०१९ मै दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पुनः भारतसँग २–० ले पराजित बन्न पुग्यो ।

सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–१ ले हार व्यहोरेको थियो । त्यस्तै, सन् २०२३ को पश्चिम एसियाली फुटबल महासंघ (वाफ) मा नेपाल जोर्डनसँग पेनाल्टीमा हारेको थियो ।

थुप्रै पटक उपाधि नजिक पुगेर जित निकाल्न नसकेको नेपाल साफ २०२४ मा भने उपाधि चुम्ने दाउमा छ । उपाधिको बाधकको रुपमा रहेको भारतलाई सेमिफाइनलमा सानदार जीत निकाल्दै नेपालले फाइनलको स्थान पक्का गरेको हो । आज साँझ दशरथ रंगशालामा हुने बंगलादेशसँगको खेलमा जीत निकाल्दै उपाधि चुम्ने लक्ष्यका साथ घरेलु मैदानमा नेपाल खेल्दैछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट