साफ महिला च्याम्पियनसिप: पहिलो हाफ नेपाल र बंगलादेश बराबर

  • २०८१ कार्तिक १४, बुधबार (३ हप्ता अघि)
  • १०३ पटक पढिएको
साफ महिला च्याम्पियनसिप: पहिलो हाफ नेपाल र बंगलादेश बराबर

काठमाडौं- साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपाल र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा दुवै देशले अवसर पाएपनि गोलमा परिणत गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन । नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन् । तर उनको प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सहजै नियन्त्रणमा लिइन् ।

खेलको दशौं मिनेटमा नेपालले अग्रता लिने अवसर पाएपनि गोल गर्न चुक्यो । बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन् । तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।

त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे । तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल बने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट