भाइमसलाको भाउ यसवर्ष झण्डै ३० प्रतिशतले बढ्यो

  • २०८१ कार्तिक १६, शुक्रबार (२ हप्ता अघि)
  • १०८ पटक पढिएको
भाइमसलाको भाउ यसवर्ष झण्डै ३० प्रतिशतले बढ्यो

काठमाडौं– यसवर्ष तिहारमा भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढेको छ । काठमाडौंको असनमा वर्षौँदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गएको वर्ष भन्दा यसवर्ष भाइमसलाको मूल्य बढेको बताएका छन् ।

Advertisement

भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका व्यापारी सजीव बज्राचार्यले यही असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्न गएको बताए ।

मूल्य बढेकाले यसपटक भाइमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ । ग्राहकहरुले पनि यसवर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् ।
बजारमा यस वर्ष काजु प्रतिकिलो २ हजार दुई सय रुपैयाँ, बदाम एक हजार सात सय, किसमिस ६ सय, ओखर ५ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै अनजिर २ हजार दुई सय, नरिवल ५ सय ५०, दाना मिश्री एक सय ८०, धागो मिश्री दुई सय, मखना २ हजार, दालचिनी आठ सय रुपैयाँ रहेको छ । यी सबै सामानको भाउ गएको वर्षभन्दा २५ देखी ३० प्रतिशत बढेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट