बस र माइक्रो ठोक्किदा ५ जनाको मृत्यु

  • २०८१ कार्तिक २३, शुक्रबार (१ हप्ता अघि)
  • ९८ पटक पढिएको
बस र माइक्रो ठोक्किदा ५ जनाको मृत्यु

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायढगढ- मुग्लिङ सडकखण्डमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।

Advertisement

नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ज ०२९८ नम्बरको माइक्रो बस र मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८१२ नंको बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर-९ बस्ने ४४ वर्षीय सुर्यबिक्रम बिष्टलाई नियन्त्रणमा लिएको छ । माइक्रोको चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट