कारागारबाट दुई पटक भागेका यादव छठ मनाउने क्रममा पक्राउ

  • २०८१ कार्तिक २३, शुक्रबार (२ हप्ता अघि)
  • ९३ पटक पढिएको
कारागारबाट दुई पटक भागेका यादव छठ मनाउने क्रममा पक्राउ

काठमाडौं– सजाय भुक्तानका क्रममा कारागारबाट दुई पटक भागेका सुनसरीको इनरुवा नगरपालिका–१० वलाहाका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।

Advertisement

सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका यादव गएराति नेपाल–भारत सीमाको कोशी गाउँपालिका–८ पथरचट्टान भन्ने ठाउँबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले विनायककुमार यादवलाई पक्राउ गर्ने क्रममा एक राउन्ड गोलीसमेत फायर गर्नुपरेको बताए । यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका थिए ।

अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ साल कात्तिक २३ गते सुरुङ खनेर भागेका थिए । त्यसबेला उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतका धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।

झुम्का कारागारबाट भागेका विनायकलाई केही समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । त्यसपछि कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी भूकम्प गएको मौका छोपी त्यहाँबाट २०७२ साल वैशाख १२ गते भागेका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट