काठमाडौं – वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रङ्गपुर टाडी घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय सुदीपचन्द्र बख्रेल र रङ्गपुर टाडी नै घर भई ललितपुरको सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् । बख्रेल र खनालले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया लैजाने भन्दै १२ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौंको नक्सालबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप