काठमाडौं– सेयर बजार आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २,७४८ को विन्दुमा पगेको हो ।
आज १५९ कम्पनीको मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो । ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप