काठमाडौं– विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।
युवा टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको सम्मानका लागि एनपीएलका आठ वटै फ्रेन्चाइज टोलीले संयुक्त रुपैयाँ १० लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
गएको बुधवार भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको थियो ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्षको जनवरी महिनामा मलेसियामा आयोजना हुँदैछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप