चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

  • २०८१ मंसिर २, आईतबार (३ घण्टा अघि)
  • ३४ पटक पढिएको
चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

एजेन्सी– चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ । अरू १७ जना घाइते भएका छन् । वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ ।

Advertisement

चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजका विद्यार्थी हुन् ।

यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो । खराब नतिजापछि आक्रोशित बनेका युवाले कलेजमा जथाभावी चक्कु प्रहार गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट