काठमाडौं– वैकुण्ठ अर्यालले मुख्यसचिव पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. वैकुण्ठ अर्यालले आज पदबाट राजीनामा दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
गएको कात्तिक १४ गते भ्रष्टाचारको मुद्दामा अदालतबाट सफाइ पाएपछि अर्याल हिजो मात्रै राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए । तर आज उनले राजीनामा दिएका हुन् । अब उनको राजीनामा स्वीकृत गर्ने÷नगर्ने मन्त्रीपरिषद्ले निर्णय गर्नेछ ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गएको असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मन्त्रिपरिषद् बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो । मुद्दा चल्दै गर्दा उनको पद निलम्बनमा थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप