धादिङको रामकोटमा पञ्चमी मेला लाग्दै

  • २०८१ मंसिर ३, सोमबार (२ दिन अघि)
  • १३९१ पटक पढिएको
धादिङको रामकोटमा पञ्चमी मेला लाग्दै

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा मंसिर ४ गते पञ्चमी मेला लाग्ने भएको छ । पुजा आजा गरि मागेको आशिवार्द तथा मनले चिताएको पुरा हुने विश्वासका साथ भक्तजनहरु हरेक वर्ष रामकोटमा लाग्ने पञ्चमी मेलामा पुग्ने गरेका छन् ।

Advertisement

मंसिर ४ गते अर्थात् मंगलबार चाँैथीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । फुलको डोली लाने रातभरि जाग्राम बस्ने, रमाइलो गर्ने गरिन्छ । मण्डलीदेवी र मण्डलेश्वर महादेवको पुजा गरि आशिष माग्ने चलन रहि आएको स्थानीय सुर्यबहादुर लामिछानेले बताए । ‘मण्डलीदेवी जेठी र माइली रामकोटमा रहेको छ । कान्छि बहिनी भने यहाँ बस्दिन भनेर खोला तरेर टाढा जाने क्रममा ढोला मण्डलीमा गएको भन्ने किम्बदन्ती रहेको छ’ उनले भने ।

रामकोट दरबारले पनि प्रख्यात रहेको छ । भग्नावशेषहरु अझै पनि भेटिने उनले बताए । चौथीमा पुजा गर्र्ने र पञ्चमीमा बली चढाएर पुजाआजा गर्दा मनले चिताएको कुरा पुरा हुने विश्वास चलि आएको लामिछानेको भनाई छ । देवीको पुजा मगर जातिले गर्ने र मण्डलेश्वर महादेवको पुजा चाँहि बाहुन जातिले गर्नु पर्ने चलन रहि आएको छ । देवीको पुजा विवाह नभएको मगर जातिका १२ वर्ष भन्दा कम उमेरका बालकले गर्दै आएको उनले बताए ।

मेलालाई आकर्षक बनाउन लोप हुदै गएको रोटे पिङ हालिएको स्थानीय दिलबहादुर मगरले बताए । डाँडामा रहेको मन्दिरबाट सुन्दर दृश्यावलोकन गर्न सकिने र मन्दिरमा पुजाआजा गरि मागेको आशिर्वाद पुरा हुने विश्वासले हरेक वर्ष भक्तजनहरुको भिड लाग्ने गरेको उनको भनाई छ ।

वडामा रहेको ऐतिहासिक तथा पर्यटकिय क्षेत्रलाई संरक्षण र व्यवस्थित गर्न वडाले पनि पहल गर्दै आएको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%३%२%

    खोजी गर्नुहोस

    ताजा अपडेट