धादिङको देउराली चौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षणमा १ सय २५ जनाले सेवा लिए

  • २०८१ मंसिर ६, बिहिबार (६ घण्टा अघि)
  • ४० पटक पढिएको
धादिङको देउराली चौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षणमा १ सय २५ जनाले सेवा लिए

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका– ८ स्थित देउराली चौतारामा निःशुल्क स्वास्थ्य परीक्षणमा १ सय २५ जनाले सेवा लिएका छन् । नीलकण्ठ बहुमुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले समुदाय केन्द्रित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण गरेको हो ।

Advertisement

निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी पनि वितरण गरिएको छ । स्वास्थ्य परीक्षणमा सहभागीहरुको सुगर, प्रेसर जाँच गर्नुका साथै बडी मास्क इन्डेक्स चेकजाँच गरी विशेषज्ञ डाक्टर मार्फत आवश्यक परामर्श दिइएको हो ।

कार्यक्रममा धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक डा. दिनेश रेग्मीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु संगीता छत्कुली र सुजिता सिलवालले विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । कार्यक्रम व्यवस्थापनमा युवा रेडक्रस सर्कल क्याम्पस इकाईले सहयोग गरेको थियो ।

स्वास्थ्यमा समस्या देखिएकाहरुलाई थप उपचारको लागि धादिङ अस्पतालको ओपिडीमा सेवा लिन सुझाव समेत प्रदान गरिएको डाक्टर रेग्मीले बताए ।

क्याम्पस र समुदायको सम्वन्ध थप विस्तार गर्नको लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको हो । स्वास्थ्य परीक्षण कार्यक्रम क्याम्पसको कार्यक्षेत्र भित्रका अन्य ठाउँहरुमा समेत आगामी दिनमा सञ्चालन गरिने नीलकण्ठ क्याम्पसको गणित स्वास्थ्य तथा साधारण शिक्षा विभागका प्रमुख हरि लंसालले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट