सप्तकोसीमा पुरुष र महिलाको शव फेला

  • २०८१ मंसिर ८, शनिबार (४ महिना अघि)
  • १११ पटक पढिएको
सप्तकोसीमा पुरुष र महिलाको शव फेला

काठमाडौं- सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोसी नदी किनारामा एक महिला र एक पुरुषको शव भेटिएको छ ।

Advertisement

सप्तकोसीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी परिचालन गरि शवको परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइको छ । महिलाको शव बराहक्षेत्र– ९ मा र पुरुषको शव बराहक्षेत्र– १ को सप्तकोशी किनारामा भेटिएको हो ।

महिलाको शव सडेगलेको अवस्था फेला पारिएको हो । पुरुषको शव भने आफन्तले चिन्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । महिला र पुरुषको शवको पहिचान नखुलेकाले कोशी प्रदेशभरीका प्रहरी कार्यालयहरूमा जानकारीका लागि पत्राचार गरिएको छ ।

प्रहरीले घरबाट कोही बेपत्ता भएको भए बीपी प्रतिष्ठान धरानमा आएर शवको पहिचान गरी सहयोग पुर्याउन प्रहरीले अनुरोध छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट