धादिङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको सभापतिमा सुर्यमणी पाठक चयन भएका छन् ।
जिल्ला भेलाले पाठकको सभापतित्वमा ११ सदस्सीय नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपसभापतिमा गोपाल बहादुर गुरुङ, सचिवमा मिन बहादुर अधिकारी, उप–सचिवमा राम बहादुर भण्डारी चयन हुनुभएको छ । कोषाध्यक्ष भने पछि मनोनित गर्ने समितिले जनाएको छ ।
सदस्यहरुमा लीला श्रेष्ठ, प्रेम प्रशाद अर्याल, रन्जन श्रेष्ठ, श्रीराम आचार्य
र श्रवण कुमार रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप