धादिङ– धादिङमा फोटोग्राफी तथा भिडियोग्राफी, विद्युत जडान, मोवाइल मर्मत (इलेक्ट्रोनिक्स) व्यूटिसियन र टेलरिङसम्बन्धि तालिम हुने भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय गजुरी धादिङले सीपमूलक तालिमको आयोजना गर्न लागेको हो ।
हत्केलामा सीप थमाई श्रृजनशिल बनौं, उद्दमशिलता, रोजगारी र आयआर्जनको दायरालाई फराकिलो बनाई जिवनस्तर समृद्ध पारौं भन्ने मूल मर्मका साथ तालिमको आयोजना गरिएको हो ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय गजुरी धादिङद्धारा हाल पनि फोटोग्राफी तथा भिडियोग्राफी, विद्युत जडान, मोवाइल मर्मत (इलेक्ट्रोनिक्स) , व्यूटिसियन, टेलरिङ तथा गलैंचा बुनाई तालिम सञ्चालन गरिरहेको छ ।