सेयर बजार उच्च अंकले बढ्दै २७ सय विन्दुमाथि

  • २०८१ मंसिर ११, मंगलबार (४ घण्टा अघि)
  • २३ पटक पढिएको
सेयर बजार उच्च अंकले बढ्दै २७ सय विन्दुमाथि

काठमाडौं– सेयर बजार आज उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य, लगानी समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता सेयर सात अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट