वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ मंसिर ११, मंगलबार (४ घण्टा अघि)
  • ३७ पटक पढिएको
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४१ वर्षीय कात्र्तिकलाल राजवंशी रहेका छन् ।

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै कोइरालाले एक जनाबाट एक लाख, सर्बिया पठाइदिने भन्दै भुजेलले एक जनाबाट तीन लाख र अल्बानिया पठाइदिने भन्दै राजवंशीले एक जनाबाट सात लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट