काठमाडौं– रामेछापमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । गोकुलगङ्गा गाउँपालिका– ६ को सिमलडाँडा भिरमा जीप सडकबाट तल खेसेको हो ।
दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका–४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बताए ।
यस्तै जीपका चालक हिराबहादुर कार्कीको पनि ज्यान गएको छ । ज्यान गुमाउने तीन जनाको परिचय थाहा हुन सकेको छैन । १४ सिट क्षमता भएको जीपमा आठ जना सवार रहेका थिए ।
जीपमा सवार अन्य तीन जना घाइते भएका प्रहरी नायव उपरीक्षक सिंहले बताए । काठमाडौंबाट रामेछापतर्फ गइरहेको जीप दुर्घटनामा परेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप