काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री रवि लामिछानेको काठमाडौं जिल्ला सहकारी वकिलको कार्यालयमा आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।
बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ । कात्तिक २ मा प्रहरीले पक्राउ गरेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप