काठमाडौं– चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३–३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।
पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए । रिजनले पनि ३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।
सुरुवाती ४ ओभरमै तनविर र रिजनलले धारिलो बलिङ रग्दै ३–३ विकेट लिँदा पोखराले ६ विकेट गुमाएको थियो । त्यसपछि म्याट र नारायणले केही सम्हाल्न खोजेपनि पूरा ओभर टिक्न सकेन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपारको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप