काठमाडौं– चितवनबाट काठमाडौतर्फ आउदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । दुर्घटनामा उद्दार गरिदैछ, घाइते कोहि भेटिएको छैन । चालक सहचालक समेत नभेटिएकोले दुर्घटना स्थलमा खोजी कार्य भैरहेको छ । दुर्घटना आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध र ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराईदिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप