एनपीएल: कर्णालीको तेस्रो जित

  • २०८१ मंसिर २५, मंगलबार (१ दिन अघि)
  • ९६ पटक पढिएको
एनपीएल: कर्णालीको तेस्रो जित

काठमाडौं– नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ।

Advertisement

पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो।

कर्णालीका लागि चाडविक वाल्टन ४२, बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे । पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान एक एक विकेट लिए। कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको पोखराले सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।

पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल १०,दिलिपनाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले र आकाश चन्द समान एक एक रन बनाए। कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए।

यसअघि पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको थियो भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको थियो।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट