धादिङमा सडक नेवाः खाना उत्सव सुरु

धादिङमा सडक नेवाः खाना उत्सव सुरु

काठमाडौं- धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा शनिबारदेखि सडक नेवाः खाना उत्सव सुरु भएको छ । सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै कमाऔं भन्ने मूल नाराका साथ झिंगु नेवाः समाज धादिङले खाना उत्सवको आयोजना गरेको हो ।

Advertisement

नेवारी समुदायको भाषा, सस्कृति, खाना परिकार तथा पोशाकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘सडक नेवाः खाना उत्सव लोप हुदै गएको नेवारी संस्कृतिको जगेर्णा गर्ने विश्वास लिएका छौं । मानिसहरुको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला थपेको छ’ उनले भने ।

सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला, वः लगायतका नेवारी परिकारहरुको स्वाद लिन पाइने छ ।

पहिलो प्रयास भएपनि सडक खाना उत्सवमा १५ सय भन्दा बढी मानिसहरुले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । ‘सडकको छेउमा स्टेजसहितको सांस्कृतिक कार्यक्रम गरिरहेका छौं । अर्काे सडकको छेउमा थुप्रै खालका नेवारी परिकारका खानेकुराहरुहरु बनाउदै दिदै गरेका छौं’ उनले भने– ‘कस्तो हुने रहेछ भनेर स्वाद चाख्न आउनेहरु बढी छन् । खाने, रमाइलो गर्ने र नेवारी परिकारको स्वादसँगै नेवारी संस्कृतिको बारेमा जानकारी लिन आउनेहरुको उत्साह देख्दा दुुई दिनसम्म चल्ने महोत्सवमा १५ सय भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।’

शनिबारदेखि सुरु भएको सडक महोत्सव आइतबारसम्म चल्नेछ । दिउँसो २ वजेदेखि साँझ ८ वजे चल्नेछ । यो रोड महोत्सव नीलकण्ठ नगरपालिका–३ को संरक्षकमा झिंगु नेवाः समाज धादिङले आयोजना गरेको हो ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट