काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परि कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१ का ४२ वर्षीय चित्र बहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका– १ का ४२ वर्षीय राज कुमार दास घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते भएका आठै जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको बिएन्डबी अस्पताल रेफर गरिएको उनले बताए । बस आफै अनियन्त्रित भइ डकको छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । २४ जना सवार रहेको बसमा आठ जना घाइते भएका हुन् । बस चालक रूपन्देहीको सैनामैना नगरपालिका–९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप