धादिङ– नेपाल मगर संघ नीलकण्ठ नगरपालिका समिति धादिङको अध्यक्षमा सुर्य बहादुर मगर चयन भएका छन् । ४औं नगर अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा तेज बहादुर मगर, सचिवमा विश्व राज सुनारी मगर, कोषाध्यक्षमा सन्तोषी मगर चयन भएका छन् ।
सदस्यहरुमा चन्द्र बहादुर आलेमगर, प्रमिला ढिकी मगर, सुनिल राना मगर, सानु रेशमी मगर, पविना थापा मगर, नविन आले मगर र राधिका थापा मगर रहेका छन् ।
त्यसैगरि, अधिवेशनले सल्लाहकार संयोजकमा सुनिल थापा मगर र उमेश गिदेल मगर, लक्ष्मी लामिछाने मगर, टोप बहादुर मगर, मञ्जु थापा मगरलाई सल्लाहकार सदस्य चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हरि शंकर गिदेल मगरले मगरहरुको हक हित र आफ्नो अधिकारका लागि लड्नु पर्ने बताएका छन् । सबै ठाउँमा मगर जातिले सहभागिता जनाउने र मगर जातिको भाषा, कला, संस्कृति संरक्षणमा लाग्नु पर्ने उनको भनाई छ । हरेक वर्षले मगर जातिको पहिचान र भाषा संस्कृतिमा जोड पुग्ने हुदाँ सबैले यसमा जोड दिनु पर्ने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप