धादिङ– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नवनिर्वाचित कार्यसमितिलाई नीलकण्ठ नगरपालिकाले सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नगरपालिकाले एक कार्यक्रमकाविच सम्मान गरेको हो ।
नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिदै पत्रकारको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए । ‘नगरपालिकाले गरेका हरेक गतिविधि नागरिकका सामु पुर्याउने र भएका कमी कमजोरीलाई सुधार्न पत्रकारले गहन भूमिका खेलेको छ । आगामी दिनमा पनि सहकार्य रहने छ । नयाँ कार्यसमितिको नेतृत्वमा धादिङको पत्रकारिता क्षेत्रले फड्को मार्नेछ’ उनले भने ।
त्यस्तै, नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिदै नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकालाई समृद्ध नगर बनाउन धादिङका मिडिया हाउस तथा पत्रकारहरुले ठूलो भूमिका रहेको बताए ।
नेपाल पत्रकार महासंघको साझा चरित्र कायम राख्दै व्यवसायिक र मर्यादित पत्रकारिता, पत्रकार सुरक्षा र स्वरोजगार मिडियाको प्रवर्धन, श्रमजीवी पत्रकारको पेशागत सुरक्षा, व्यवसायिक दक्षताका क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष सिताराम अधिकारीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप