काठमाडौं- नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाउन सफल भयो । कर्णालीका लागि जयकिशन कोल्सावाला ५३, विलियम बसिस्टो ५२, जिसन मक्सुद १४, देव खनाल ३ बलमा रन आउट भए भने गुलशन झा र रित गौतम शून्य आउट भए । वाल्टन चाडविकट ४६ रनमा नटआउट रहे ।
चितवनका लागि सोहेल तान्विरले दुई, कप्तान कुशल मल्ल, रवि बोपराले समान एक विकेट लिए ।
दुवै टिमले लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंक सहित प्लेअफमा स्थान बनाएका थिए । लिग चरणमा चितवनले फास्ट बलिङ र आक्रामक ब्याटिङ प्रदर्शन गरेको थियो। कर्णालीले पनि सुरूआती दुई खेल गुमाएपछि शानदार पुनरागमन गर्दै लगातार ४ खेल जितेको थियो।
लिग चरणमा चितवनविरुद्ध कर्णाली विजयी भएको थियो । चितवन सो हारको बदला लिने योजनामा हुनेछ भने कर्णाली सोही नतिजा दोहोर्याउने लक्ष्यमा छ ।
यो एलिमिनेटर खेल भएकाले पराजित हुने टोली आज प्रतियोगिताबाट बाहिरिने छ ।
विजयी टोलीले पहिलो क्वालीफायरमा हार बेहोर्ने टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप