हिरोको नयाँ मोडल धादिङबेसी शाखाबाट विक्री सुरु

  • २०८१ पौष ३, बुधबार (८ घण्टा अघि)
  • २२८ पटक पढिएको
हिरोको नयाँ मोडल धादिङबेसी शाखाबाट विक्री सुरु

काठमाडौं– हिरो कम्पनीले हालसालै मात्रै नेपालमा सार्वजनिक गरेको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल धादिङबेसीबाट विक्री सुरु गरेको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको शाखा कार्यालयबाट हिरोले आफ्नो नयाँ मोटरसाइकल एक कार्यक्रमका विच विक्री सुरु गरेको हो ।

Advertisement

एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने विश्वास रहेको धादिङ शाखा इन्द्र सरोवर अटो मोवाईल प्रा.लि.का प्रोपाइटर अञ्जन श्रेष्ठले बताए । उनले भने– ‘एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य ३ लाख ८४ हजार ९ हजार र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रहेको छ । नयाँ मोडलका मोटरसाइकल ल्याएका छौं । धादिङमा एक जना त ग्राहक भइ सक्नु भएको छ । प्रतिक्रिया पनि राम्रो पाएका छौं । एक चोटी सेवा गर्ने मौका दिनुभयो भने आशा छ, राम्रो गर्ने र गर्न सक्नेछौं ।’

तस्विरः गौरव श्रेष्ठ

हिरो मोटो कर्प सन् २०१४ मा नेपालमा प्रवेश भएको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाउदै आएको छ । चौधरीगु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक हो ।

हिरो ब्राण्डका मोटरसाइकलमा युवा पुस्ताको आकर्षण रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले बताए । ‘हिरो ब्राण्डले छोटो समयमा निकै फड्को मारेको छ । युवा पुस्ता झुम्मिएका छन् । सबै खालका ग्राहकको चित्त बुझाउन सक्यो भने हिरो शहरमा मात्र होइन गाउँगाउँमा पुगेर सबैको रोजाई बन्न सक्छ । धादिङ शाखाले हिरोका एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोडलका मोटरसाइकल विक्री सुरु गरेको छ, शुभकामना र बधाई छ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट